बाँसको तामाका फाइदै फाइदा, के-के बन्छन् परिकार ?-Sutra News

बाँसको तामाका फाइदै फाइदा, के-के बन्छन् परिकार ?

सोमबार, १४ भाद्र २०७८

सोमबार, १४ भाद्र २०७८

बाँसको तामाको तपाईं अचार, तरकारी वा सुप, के खानुहुन्छ ? जसरी खाए पनि यो स्वादिष्ट त हुन्छ नै यसले मानव स्वास्थ्यमा समेत फाइदा पुर्याउँछ । तामाको परिकार खाने प्रचलन छिमेकी चीन, थाइल्यान्ड र जापानसँगै एसियाका अन्य देशमा पनि छ । जापानीहरूले बाँसलाई ‘किङ अफ ग्रास’ भनेर आफ्नो पाक शिक्षामा राखेका छन् ।



बनाउने विधि

बाँसको तामा पनि एक किसिमले गुन्द्रुक खाँदे जसरी नै बनाइन्छ । सर्वप्रथम, तामे बाँसको कलिलो मुन्टा भाँचेर ल्याउने र स-सना टुक्रा बनाउने । केही समय घाममा सुकाएर मोल्ने अनि सफा माटोको भाँडो वा डिब्बामा हावा नछिर्नेगरी बन्द गरेर राखिदिने । यसरी जति लामो समय राख्यो, त्यति नै तामामा अम्लीयपन बढ्छ ।

परम्परागत रूपमा भने तामालाई प्लास्टिकको झोलामा जमिनमुनि महिनौँसम्म गाडेर राख्ने चलन छ । तर, व्यवसायिकरूपमा उत्पादन गर्नेहरूले भने एयर टाइट बोटलमा भिनेगर हालेर सुरक्षित राखिन्छ । अनि, ट्याग लगाएर बिक्री गरिन्छ ।

उपयोगिता

-बाँसको तामामा कम कार्बोहाइड्रेड हुने हुँदा यो मधुमेह रोगीका लागि फाइदाजनक छ ।

-बाँसको तामामा न्यून क्यालोरी हुने हुँदा वजन घटाउन मद्दत पुर्‍याउँछ ।

-पाचन प्रक्रियामा समस्या हुनेले पनि नियमित तामा खाँदा राम्रो हुन्छ ।

-पिसाबमा संक्रमण भएका बिरामीले तामा खाँदा औषधिको काम गर्छ ।

-गर्भवती महिलालाई अन्तिम महिनातिर तामा खुवाउनाले समयमा बच्चा जन्मिन्छ ।

-ग्यास्ट्रिक र अल्सरका लागि पनि तामा राम्रो मानिन्छ ।

-नियमित तामाको परिकार खाने व्यक्तिलाई क्यान्सर हुने डर कम हुन्छ ।

-तामाले मुटुसम्बन्धी रोगको सम्भावनालाई कम गर्छ । त्यसैले तामालाई मुटु स्वास्थ्यमैत्री खाद्य परिकार मानिन्छ । तामाले कोलेस्ट्रोल सन्तुलन गर्ने काम गर्छ ।

-आन्तरिक तथा बाह्य रूपमा हुने मानिसका विभिन्न घाउ तथा चोट ठीक गर्न उपयोगी छ ।

-रक्तचापलाई नियन्त्रणमा राख्न भूमिका खेलेको हुन्छ ।

-फोक्सोसम्बन्धी बिमारीलाई त झन् अमृत मानिन्छ, बाँसको तामा । 

-श्वासप्रश्वासका बिरामीलाई नियमित रूपमा तामा खुवाउँदा बिस्तारै निको हुँदै जान्छ ।

-बाँसको तामा मात्र होइन, पात पनि विभिन्न हर्बल बनाउन प्रयोग गरिन्छ ।

के-के बन्छन् परिकार ?

नेपालमा आलु-बोडी-तामाको तरकारी बढी प्रचलित छ । बाँसको टुसालाई सीधै तरकारीको रूपमा पनि प्रयोग गर्न सकिन्छ ।

त्यस्तै, तामाको अचार (मेसो) पनि लोकप्रिय छ । तामा हालेर मासु पकाउँदा थप स्वादिष्ट हुन्छ । खानाको सुरुवाती अर्थात् एप्पिटाइजर सलादका रूपमा समेत यो उपयोगी छ ।   

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट