चलचित्र ‘प्रेमगंज’को एउटै गीतमा ३० लाख लगानी-Sutra News

चलचित्र ‘प्रेमगंज’को एउटै गीतमा ३० लाख लगानी

सोमबार, १४ भाद्र २०७८

सोमबार, १४ भाद्र २०७८

काठमाडौं- निर्माणाधीन नेपाली चलचित्र ‘प्रेमगंज’को एउटै गीतमा ३० लाख रुपैयाँ लगानी भएको छ । २५ वर्षदेखि स्पोटब्वाइमा काम गर्दै आइरहेका राजु फुयालको प्रस्तुतिमा उक्त चलचित्र निर्माण भइरहेको हो ।



यो खर्च सुटिङको खर्च मात्र भएको फुयालले बताए । अडियो र पोस्टको लगानी जोड्दा झन्डै ४० लाख रुपैयाँ पर्ने उनको आकलन छ । फरेनहाइट क्लबमा तीन दिन छायांकन भएको यस गीतमा नायिका बेनिसा हमाल, सन्जोग रसाइलीसँगै अन्य एक हजार जना झुमेका छन् । गीतको कोरियोग्राफी वाइल्डरिपर्जले गरेको हो ।

दीक्षा थापाको स्वरमा रहेको यस क्लब गीतलाई ‘ऊ जितेर गई या हारेर गई’का लेखक पुरुषोत्तम ढुंगेलले लेखेका हुन् भने किरण भुसालले संगीत भरेका छन् । पहिलो लकडाउनपछि सुरु भएको चलचित्रको छायांकन दोस्रो लकडाउनसँगै रोकिएको थियो ।

अहिले कडाउन केही खुकुलो भएसँगै चलचित्रको छायांकन धमाधम भइरहेको छ । परिच्छेद सेनको लेखन तथा निर्देशनमा निर्माण भइरहेको चलचित्रलाई संजय लामाले छायांकन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट