काठमाडौं- सत्तारुढ गठबन्धनको बैठक बस्दै छ । सोमबार प्रधानमन्त्रीको निवास बालुवाटारमा बस्ने बैठकमा सहभागी हुन नेताहरू पुग्नेक्रम जारी छ ।
बैठकमा मन्त्रिपरिषद् विस्तार, गठबन्धनका दलहरुले पाउने मन्त्रालयललगायतका विषयमा टुंगो लगाइने नेपाली कांग्रेसका नेता मिन विश्वकर्माले जानकारी दिए ।
सोमबार साँझसम्म सरकारले पूर्णता पाउँछः नेता विश्वकर्मा
गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी, राष्ट्रिय जनमोर्चा रहेका छन् ।
शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार बनेको डेढ महिना बितिसक्दा पनि सरकारले पूर्णता पाउन नसक्दा राजनीति वृत्तमा सरकारको आलोचना हुँदै आएको छ । फाइल तस्बिर ।