ओलीको १४ पन्ने सर्कुलर : माधवतिर लागे कारवाही गरिनेछ [पूर्णपाठसहित]-Sutra News

ओलीको १४ पन्ने सर्कुलर : माधवतिर लागे कारवाही गरिनेछ [पूर्णपाठसहित]

सोमबार, १४ भाद्र २०७८

सोमबार, १४ भाद्र २०७८

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विभाजनको पक्षमा नलाग्न पार्टीका नेता कार्यकर्ता र जनप्रतिनिधिहरूलाई निर्देशन दिएका छन् ।



सोमबार एक सर्कुलर जारी गर्दै एमालेले आफ्नो पक्षमा रहेका नेता कार्यकर्ताहरुलाई समाजवादी पार्टीमा नलाग्नका लागि निर्देशन दिएका हुन् ।

‘घटनाले मुलुकको कम्युनिष्ट आन्दोलन, लोकतान्त्रिक प्रणाली, संवैधानिक सुव्यवस्था र जनताको सर्वोच्चता माथि चुनौती खडा गरेको छ’, अध्यक्ष ओलीले देशभरका नेता कार्यकर्तालाई पठाएको निर्देशनमा भनेका छन्, ‘हाम्रो पार्टीले यस परिस्थितिको संवैधानिक, लोकतान्त्रिक र जनपरिचालनका विधिबाट सामना गर्ने अठोट गरेको छ ।’

निर्देशनमा भनिएको छ, ‘कार्यदलले लामो प्रयास र गहन छलफलपश्चात् असार २७ गते । नेकपा (एमाले) मा विद्यमान समस्या समाधान सम्बन्धी प्रस्ताव’(१० बुँदे प्रस्ताव) तयार ग¥यो । कार्यदलबाट असार २८ गते अध्यक्ष कमरेड केपी शर्मा ओली समक्ष प्रस्तुत उक्त प्रस्तावलाई पार्टी स्थायी कमिटी र केन्द्रीय कमिटीले यसअघि नै ग्रहण र अनुमोदन गर्दै कार्यान्वयनमा लैजाने निर्णय गरिसकेको थियो । यद्यपि यसबीचमा माधवकुमार नेपालसहितका केही व्यक्तिहरूले उक्त प्रस्तावलाई अस्वीकार गर्दै पार्टीबाट अलगिएको यथार्थ पनि सर्वविदितै छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट