काठमाडौँ । सामसङ क्लाउडमा रहेका फोटो तथा भिडिओ डिलेट हुन सक्ने भन्दै सामसङले आफ्ना प्रयोगकर्तालाई तत्काल सुरक्षित गर्न आग्रह गरेको छ ।
कम्पनीले एक सूचना जारी गर्दै प्रयोगकर्ताहरुलाई यस्तो आग्रह गरेको हो । गुगल, माइक्रोसफ्ट वानड्राइभ, अमेजनलगायतका कम्पनीले जस्तै सामसङले पनि क्लाउडमा हुँदै आएको खर्च कटौतीको लागि यो निर्णय गरेको बताइएको छ ।
कम्पनीले जारी गरेको सूचनामा भनिएको छ, ‘जसले आफ्नो डेटालाई सुरक्षित गरेका छैनन्, उनीहरूका लागि यो सूचना जारी गरिएको छ ।’