१० सांसद एमाले छाडेर (एकिकृत समाजवादी)मा आउने भएपछि भीम आचार्यको मुख्यमन्त्री पद धरापमा-Sutra News

१० सांसद एमाले छाडेर (एकिकृत समाजवादी)मा आउने भएपछि भीम आचार्यको मुख्यमन्त्री पद धरापमा

सोमबार, १४ भाद्र २०७८

सोमबार, १४ भाद्र २०७८

प्रदेश १ प्रदेशसभाका १० सांसद माधवकुमार नेपाल नेतृत्वको पार्टीमा खुलेपछि मुख्यमन्त्री भीम आचार्यलाई पद जोगाउन मुस्किल हुने भएको छ ।



नेता आचार्य एमाले विभाजनपछि शेरधन राईले राजीनामा दिएपछि मुख्यमन्त्रीमा नियुक्त भएका थिए । १० सांसदहरु एकीकृत समाजवादी पार्टीमा खुलेपछि उनी अल्पमतमा पर्ने देखिएको हो ।

निर्वाचन आयोगले भदौ २२ सम्मका लागि दल परिवर्तनको समय दिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले दल विभाजन अध्यादेश जारी गरेसँगै एमालेका नेता नेपालले नयाँ दल दर्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट