काठमाडौँ । पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारबाट केपी शर्मा ओली आउट भएपनि कुर्सीको खेल जारी रहेको बताएका छन् ।
सोमबार सामाजीक संजालमा लेख्दै नेता भट्टराईले यस्तो बताएका हुन् । ‘ज्ञानेन्द्र गए,ओली गए तर कुर्सीको खेल जारी छ!भारत,खाडी पस्ने युवाहरूको लर्को जारी छ !’ उनले लेखेका छन् ।\
वर्तमान सरकारले देश र जनताको काममा नलागिकन विदेशी शक्तिका अगाडी झुकेको उनले प्रष्ट पार्न खोजेका छन् ।
त्यस्तै उनले नयाँ शक्तिको खोजी जारी रहेको बताएका छन् । उनले लेखेका छन्, ‘ मधेसी,थारू,जनजातिको पहिचानको खोजी जारी छ!श्रमिकको चुलो खाली छ ! अत:वैकल्पिक शक्तिको खोजी जारी छ !’
ज्ञानेन्द्र गए,ओली गए तर कुर्सीको खेल जारी छ!भारत,खाडी पस्ने युवाहरूको लर्को जारी छ!कमिसनखोरको खेलो जारी छ!छिमेकीको हैकम जारी छ!जयसिंह धामीको वेपत्ता जारी छ!छाउपडी जारी छ!छोइछिटो जारी छ!मधेसी,थारू,जनजातिको पहिचानको खोजी जारी छ!श्रमिकको चुलो खाली छ!अत:वैकल्पिक शक्तिको खोजी जारी छ!
— Baburam Bhattarai (@brb1954) August 30, 2021