काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसका नेता तथा सांसद गगन थापाले काँग्रेसको आगामी महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
सोमबार काठमाडौँ वडा नम्बर ३० मा भएको एक कार्यक्रममा बोल्दै नेता थापाले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै उनले भने, मैले यहाँबाट घोषणा गर्दा विगतमा पनि सफलता प्राप्त गरेको छु । आशा छ, यसपटक पनि म सफल हुन्छु ।’
क्रियाशील सदस्य विवादका कारण नेपाली काँग्रेसको महाधिवेशन मिति सरेको छ ।