काठमाडौँ । प्रविधिको गतिमा दौडिन थालेपछि नेपालमा मोबाइल फोनको आयात बढ्दै गइरहेको छ । भर्चुअल गतिविधि बढ्दा मोबाइलको आयातमा समेत नयाँ रेकर्ड बनिरहेको छ ।
चालु आर्थिक वर्षको साउन महिनामा मात्रै नेपालमा ६ लाख ६७ हजार ५१८ मोबाइल फोन भित्रिएको छ ।
नेपाली बजारमा यो ब्राण्डका १५ हजार रूपैयाँदेखि ४७ हजार रूपैयाँसम्मका फोन छन् ।