अमेरिकी हमलामा काबुलका एकै परिवारका ९ जनाको मृत्यु-Sutra News

अमेरिकी हमलामा काबुलका एकै परिवारका ९ जनाको मृत्यु

सोमबार, १४ भाद्र २०७८

सोमबार, १४ भाद्र २०७८

एजेन्सी- अफगानिस्तानको राजधानी काबुलमा अमेरिकाले गरेको ड्रोन हमलामा  एकै परिवारका नौं जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६ बालबालिका छन् । शंकास्पद इस्लामिक स्टेट खोर्साना (आइएस–के) आबद्ध लडाकूलाई लक्षित गरी सो हमला गरिएको वासिंगटनले जनाइएको छ । हमलामा एकै परिवारका सर्वसाधरण मारिएको भन्दै अमेरिकाको बिरोध भएको छ ।



‘हामी आइएस होइनौं । अमेरिकी हमलामा सबै सदस्य गुमायौं,’ आक्रमणमा बाँचेका एक व्यक्तिले भने । आक्रमणमा मारिनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । बिस्फोटपछि घरमा आगो लागेको थियो । 

अमेरिकाले मंगलबारसम्म आफ्ना सबै सेना अफगानिस्तानबाट फिर्ता गरिसक्नु पर्नेछ । विहीबार काबुल बिमानस्थलमा आइएसले गरेको हमलामा १३ अमेरिकी सेनासहित १ सय ७० जनाको मृत्यु भएको थियो । सो हमलापछि अमेरिकाले संदिग्ध स्थानमा आक्रमणकारीबिरुद्धको आक्रमण शुरु  गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट