फाइजर खोप लगाएपछि न्यूजील्यान्डमा ‘एक महिलाको मृत्यु’-Sutra News

फाइजर खोप लगाएपछि न्यूजील्यान्डमा ‘एक महिलाको मृत्यु’

सोमबार, १४ भाद्र २०७८

सोमबार, १४ भाद्र २०७८

न्यूजील्यान्डमा फाइजरको कोभिड खोप लिएपछि एक महिलाको मृत्यु भएको छ । मृत्युको आधिकारिक कारण भने अहिलेसम्म निर्क्योल गरिएको छैन।



ती महिलाको मृत्युबारे अध्ययन भइरहेको छ। शवपरीक्षणबाट मृत्युको कारण निर्क्योल हुन बाँकी छ।

महिलाको उमेर तथा अन्य विवरण सार्वजनिक गरिएको छैन।

युरोपेली नियामक निकायले मुटुको सुजनलाई फाइजर र मोडेर्नाका कोभिड खोपको दुर्लभ “साइड इफेक्ट” अर्थात् दुष्प्रभाव मानेको छ।

युरोपियन मेडिसिन्स एजेन्सीका अनुसार त्यस्तो दुष्प्रभाव कम उमेरका पुरुषमा देखिएको छ।

तर एजेन्सीले खोपको फाइदा यसको कुनै पनि जोखिमभन्दा धेरै भएको र त्यसले मानिसहरूलाई कोभिड-१९ का कारण गम्भीर बिरामी हुनबाट रोक्ने बताउँछ। बीबीसी

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट