बिना मगरलाई मन्त्री बनाउन प्रचण्डको दवाव-Sutra News

बिना मगरलाई मन्त्री बनाउन प्रचण्डको दवाव

सोमबार, १४ भाद्र २०७८

सोमबार, १४ भाद्र २०७८

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले सरकार गठन भएको दुई महिना हुनलाग्दा पनि मन्त्रिपरिषद विस्तार गर्न सकेका छैन । आगामी बुधबारसम्म मन्त्रीको टुंगो लाग्ने बालुवाटारनिकट स्रोतले जनाएको छ ।



नेपाली काँग्रेसको छान्ने जिम्मा देउवाले पाएका छन्, जसपाको उपेन्द्र यादवले पाएका छन् त्यस्तै नेकपा एकीकृत समाजवादीको माधवकुमार नेपालले पाएका छन् भने नेकपा माओवादीबाट मन्त्री छान्ने जिम्मा पुष्पकमल दाहाल प्रचण्डले पाएका छन् ।

प्रचण्डले आफ्नो पार्टीका नेताहरु मन्त्री बन्न लालायित भएकाले आफूलाई मन्त्री छनोट गर्न निकै गाह्रो परेको बताउँदै आएका छन् ।  उनले आफ्नो बुहारी बिना मगरलाई मन्त्री बनाउने तयारीमा छन् ।

स्रोतका अनुसार उनले बिना मगरलाई मन्त्री बनाउनका लागि दवाव दिएका छन् । बिना मगर प्रचण्डकी बुहारी हुन् । 

प्रचण्ड र नेपालले मन्त्रीको नाम बालुवाटारमा बुझाइसकेका छन् भने जनता समाजवादी पार्टीले मन्त्रीको नाम बुझाउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट