काठमाडौँ । काठमाडौँ महानगरपालिका कार्यालय अगाडी नै फोहोरको डङ्गुर फालिएको छ । युथ कांग्रेस नेपालले सोमबार सुन्धारास्थित काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि फोहोर थुपारेर प्रदर्शन गरेको हो ।
करिब तिन साता देखि काठमाडौं उपत्यकाका फाहोर उठ्न सकेको छैन । जसकारण नागरिक महानगरसंग रुष्ट बनेका छन् ।
युथ कांग्रेस नेपालका एक सदस्यका अनुसार फोहोर व्यवस्थापनका विषयमा महानगरसंग छलफल गरे पनि महानगरले वास्ता नगरेका कारण कार्यलय अगाडी फोहोर फालेरै प्रर्दशन गरेको बताए । उपत्यकाको विभिन्न ठाउँबाट फोहोर संकलन गरेर महानगर कार्यालय अगाडी फालिएको हो । उनले छिटो भन्दा छिटो फोहोर व्यवस्थापन नभए , यस्तै प्रकारका अन्य कार्यक्रमलाई अगाडी बढाउने चेतावनीसमेत दिएका छन् ।
त्यस्तै उपत्यकाको स्थानीय मानिसहरु पनि फोहोरको उचित व्यवस्थापन नभएका कारण रोग फैलिने डर भएको बताउँछन् । कोरोना संग भन्दा पनि फोहोरका कारण बिरामी हुने समस्या बढेको बताउँछन् ।
बारम्बार उपत्यकामा निम्तने फोहोर व्यवस्थापनको समस्यामा सरकारले बेलैमै चासो दिनु पर्ने स्थानीयको भनाई रहेको छ ।
यता उपत्यकाका मेयर विद्या सुन्दर शाक्यले भने अबका केही दिनमै फाहोर उठ्ने बताएका छन् । केहिदिन अघि बञ्चरेडाँडामा निर्माणाधिन स्यानिटरी ल्याण्डफिल्ड साइट र सिसडोल ल्याण्डफिल्ड साइटको स्थलगत रिपोर्टिङ गरेर फर्किएका शाक्यले सञ्चारकर्मीहरुसँग कुरा गर्दै सो कुरा बताएका हुन् ।