स्वास्थ्य उपचारपछि झलनाथ खनाल स्वदेश फिर्ता-Sutra News

स्वास्थ्य उपचारपछि झलनाथ खनाल स्वदेश फिर्ता

सोमबार, १४ भाद्र २०७८

सोमबार, १४ भाद्र २०७८

एकीकृत समाजवादी पार्टीका नेता तथा पूर्वप्रधानमन्त्रीसमेत रहेका झलनाथ खनाल मिर्गौला प्रत्यारोपाण गरेर आज सोमबार सोमबार स्वदेश फर्किएका छन् । 



भारतको एपोलो अस्पतालमा मिर्गौला  प्रत्यारोपण गराएका खनाल सोमबार अपरान्ह स्वदेश फर्किएका हुन् । खनाल स्वदेश आउने भएपछि नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसहितका नेता तथा कार्यकर्ता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए । 

गत २ असारमा दिल्लीको एपोलो अस्पताल भर्ना भएर उपचार गराएका खनालको गत २० साउनमा सफलतापूर्वक मिर्गाैला प्रत्यारोपण गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट