केही दिनमा नै प्रदेश १ र बागमती सरकार ढल्ने प्रचण्डको दाबी [भिडियोसहित]-Sutra News

केही दिनमा नै प्रदेश १ र बागमती सरकार ढल्ने प्रचण्डको दाबी [भिडियोसहित]

सोमबार, १४ भाद्र २०७८

सोमबार, १४ भाद्र २०७८

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रदेश १ र बागमती प्रदेशमा गठबन्धनको सरकार बन्ने दावी गरेका छन्।



सोमबार काठमाडौंमा सर्लाही जिल्ला समन्वय समिति र सर्लाही काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले एमालेको सरकार संघमा मात्रै नभएर केही दिनपछि १ नम्बर र बागमती प्रदेशमा पनि ढल्ने दावी गरेका हुन् । संसदमा केपी ओलीलाई आगोसँग खेल्ने प्रयास नगर्न आफुले भनेको पनि उनले स्मरण गरे ।

प्रचण्डले सबैको प्रयासले निरंकुश र प्रतिगामी तत्वहरु पछारिएको तर उनीहरूले षड्यन्त्रले अझै पनि षडयन्त्रको प्रयास नछाडेको बताए ।

ओली नेतृत्वको सरकारमा बेला संघीयता लगाएतका उपलव्धीहरु जोखिममा जाने खतरा भएको भन्दै उनले अरु कसैलाई मत दिदा कस्तो परिणाम हुन्छ भन्ने महशुस जनताले गरेको जिकिर गरे । प्रचण्डले मंगलबार नै गठबन्धनको बैठक बसेर सरकारलाई पूर्णता दिन मन्त्रीमण्डल बाँडफाडका बिषयमा टुङ्गो लाग्ने बताएका छन् ।

प्रचण्डले मधेशका क्षेत्रमा जनताले भोगेका समस्याहरुलाई समाधान गर्ने प्रतिवद्धता पनि जनाए । कार्यक्रममा सर्लाहीका बिभिन्न दलका कार्यकर्ताहरु माओवादी प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट