काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता झलनाथ खनालले एमालेका अध्यक्ष केपी शर्मा ओलीको पार्टी अहिले दक्षिणपन्थी अवसरवादको र व्यक्तिवादको प्रतिक बनेको बताएका छन् ।
आज भारतबाट नेपाल प्रवेश गर्नेबित्तिकै पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
‘केपी ओलीको पार्टी भनेको त, दक्षिणपन्थी अवसरवाद, गुटवाद, अहंकारवाद र व्यक्तिवादको प्रतिक बनेको छ ।’ खनालले भने ।
‘म यहाँबाट जाँदा भारी मनले गएको थिएँ । त्यसबेला एकता आह्वान गरेको थिएँ । यो बीचमा कम्युनिष्ट पार्टीको सरकार ढल्यो । तर, यसमा कुनै गोहीको आँशु बगाउनुपर्ने आवश्यकता छैन । वामपन्थी र लोकतान्त्रिक शक्तिको गठवन्धन सरकार बनेको छ । यसलाई राम्रोसँग चलाउनुपर्छ ।’ उनले भने ।’
स्वास्थ्यमा थप समस्या आएपछि खनाल साढे २ महिनाअघि गत असार २ गते भारत गएका थिए । उनले भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेर फर्किएका हुन् ।