भ्रष्टाचारविरोधी निकायका उपप्रमुख नै भ्रष्टाचारी ठहर-Sutra News

भ्रष्टाचारविरोधी निकायका उपप्रमुख नै भ्रष्टाचारी ठहर

सोमबार, १४ भाद्र २०७८

सोमबार, १४ भाद्र २०७८

काठमाडौं- चीनमा भ्रष्टाचार नियन्त्रण गर्ने एउटा निकायका उपप्रमुखले र्नै करोडौं भ्रष्टाचार गरेको खुलेको छ ।



चिनियाँ कम्युनिस्ट पार्टीको अनुशासन निरीक्षण आयोग (सीसीडीआई) का पूर्वउपप्रमुख दोङ होङले पाँच करोड डलर घुस लिएको अनुसन्धानका क्रममा खुलासा भएको हो ।

दोङ सन् २०१८ सम्म आयोगको उपप्रमुख रहेर काम गरेका थिए । उनलाई यसै साता पूर्वी चीनको क्विङदाओको अदालतमा उपस्थित गराइएको थियो ।

सीसीडीआइमा काम गर्दा उनले चार करोड ६० लाख युयान घुस लिएको अभियोजनकर्ताले आरोप लगाएका थिए । दोङले अदालतमा आफूले गरेको अपराध स्वीकारेका छन् ।

दोङ चीनका उपराष्ट्रपति वाङ क्विसानका सहयोगी भएर पनि काम गरेका थिए । त्यसअघि सन् १९८३ मा उनी चीनको कम्युनिस्ट पार्टीका नेता बो यिबोको सहयोगी थिए ।

सन् २०१२ मा सी जिनपिङ चिनियाँ कम्युनिस्ट पार्टीको महासचिव बनेपछि दोङलाई सीसीडीआइको उपप्रमुखमा नियुक्त गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट