हुम्लामा कांग्रेस १४ औं महाधिवेशनको सरगर्मी बढ्यो-Sutra News

हुम्लामा कांग्रेस १४ औं महाधिवेशनको सरगर्मी बढ्यो

मंगलबार, १५ भाद्र २०७८

मंगलबार, १५ भाद्र २०७८

हुम्ला- नेपाली कांग्रेसको १४ औं महाधिवेशन तोकिएसँगै जिल्लामा पनि चुनावी तयारी र चहलपहल सुरु भएको छ । गाउँ र नगरस्तरसम्मको निर्वाचन तालिका सार्वजनिक भएसँगै कांग्रेसले जिल्लाभरिका कार्यकर्तासँग आइतवार सदमुकाम सिमकोट जिल्ला समन्वय समितिको हलमा छलफल गरेको छ ।



गएको चुनावमा यहाँ प्रतिनिधिसभा र स्थानीय तहमा पराजय व्यहोरेको कांग्रेस हुम्लाले केन्द्रसँगै जिल्लामा पनि सबल नेतृत्व चयन गर्ने कार्यकर्ता र नेताहरुको भनाइ छ । कांग्रेस हुम्लाका पार्टी सचिव मोहन सिंहले जिल्लामा केन्द्रबाट सर्कुलर आइसकेको बताए । जिल्ला नेतृत्व तहका कांग्रेस नेतादेखि कार्यकर्तामा चुनावी चहलपहल अघि बढाइरहेका छन् ।

पछिल्लो पटक केन्द्रीय समितिसँगै नेतृत्व तहले महाधिवेशनको सुनिश्चिततासहितको निर्णय गरेपछि जिल्ला जिल्लामा पार्टीको चुनावी चहल पहल बढ्न थालेको हो । कांग्रेसको संस्थापन पक्ष र इतरपक्षबाट सभापतिलगायतको पदका लागि धेरै जनाको आकांक्षी रहेको बताएका छन् ।

कांग्रेसले आयोजन गरेको चुनावीय छलफलमा पार्टी सभापति जयपति रोकाया, केन्द्रीय सदस्य एवम् संसदीय दल नेता जीवनबहादुर शाही,संविधान सभा सदस्य रिता शाही,सांसद रंगमति शाही लगायतका जिल्लास्तरका नेता, जिल्ला कार्यसमिति सदस्य सहभागी थिए । यसैगरी जिल्लास्तरका नेतारकार्यकर्ता सदरमुकाम छोडेर गाउँ र वडामा केन्द्रीत हुन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट