मन्त्रालय भागबन्डाको टुंगो लगाउन सत्ता गठबन्धनको बैठक बस्दै-Sutra News

मन्त्रालय भागबन्डाको टुंगो लगाउन सत्ता गठबन्धनको बैठक बस्दै

मंगलबार, १५ भाद्र २०७८

मंगलबार, १५ भाद्र २०७८

काठमाडौं- सत्तारुढ गठबन्धनले मन्त्रिपरिषद् विस्तारका लागि अन्तिम कसरत थालेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको करिब दुई महिना पुग्न लाग्दा पनि मन्त्रिपरिषद्ले पूर्णता नपाउँदा तीव्र आलोचना भइरहेका बेला गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्न लागेको हो ।



माओवादी केन्द्रका नेता गणेश साहकाअनुसार मंगलबार बिहान ९ बजे शीर्ष नेताको बैठक बस्दैछ । मन्त्रालय बाँडफाँटको टुंगो पनि आजै लाग्ने उनले बताए । ‘माधव नेपाल र जसपाको कानुनी र प्राविधिक प्रक्रिया सकिएको छ । आज बाँडफाँडसहित आन्तरिक रुपमा मन्त्री टुंगिएर मन्त्रिपरिषद् विस्तार हुन्छ,’ उनले भने ।

एमाले विभाजनपश्चात् नेपालले नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेका छन् । ‘माधवजीलाई अफ्ठेरो अवस्था छ । यसमा साथ सहयोगमा अरु पार्टीले लचकता देखाउनुपर्छ । माओवादी केन्द्रले लचकता देखाएर सहयोग गर्छ,’ उनले भने, ‘यो हाम्रो नैतिक जिम्मेवारी हो । सहकार्यको वातावरण बनाउँदैछौं । उहाँलाई अफ्ठेरो परेको सहयोग गर्छौं ।’

सोमबार माओवादी केन्द्रको बैठक बसेको थियो । बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तारको तयारीबारे जानकारी गराएका थिए । फाइलत तस्बिर । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट