चलचित्र ‘लाइफ इन एलए’ को पहिलो गीत सार्वजनिक-Sutra News

चलचित्र ‘लाइफ इन एलए’ को पहिलो गीत सार्वजनिक

मंगलबार, १५ भाद्र २०७८

मंगलबार, १५ भाद्र २०७८

तनहुँ- चलचित्र ‘लाइफ इन एलए’ को पहिलो गीत सार्वजनिक गरिएको छ । गत साता मात्रै छायांकन सकिएको चलचित्रको ‘पागल प्रेमी’ बोलको गीत सोमबार काठमाडौंमा कार्यक्रम गरी सार्वजनिक गरिएको हो । 



सार्वजनिक गीतको भिडियोमा डेब्यु नायक व्यास विस्सुसँग अभिनेता अकेशा विष्ट र शिल्पा मास्केले रोमान्स गरेका छन् । प्रताप दास र कविता श्रेष्ठको स्वरमा रहेको गीतको संगीतकार एलिश कार्की हुन् । भिडियोमा कविराज गहतराजले कोरियोग्राफी गरेका छन् । पोखरा र तनहुँ आसपासमा भिडियो कैद गरिएको हो ।

दशैँबाट प्रदर्शनमा ल्याउने भनिएको चलचित्रमा ‘पागल प्रेमी’ सहित तीन गीत समावेश छ । एलिश कार्की र प्रतीक पौडेलको संगीतमा रहेका गीतमा प्रताप दास, प्रविशा अधिकारी, कविता श्रेष्ठ र आर्यन पाठकले स्वर भरेका छन् । कविराज गहतराज र सुरज श्रेष्ठको करियोग्राफीमा गीतको भिडियो बनेको छ ।

अमेरिकामा बसोवास गर्ने नेपालीको जीवनशैलीलाई कथामा उतारिएको ‘लाइफ इन एलए’ को निर्देशक सूर्य श्रेष्ठ हुन् । चलचित्रको ७५ प्रतिशत अमेरिकामा र २५ प्रतिशत नेपालमा छायांकन गरिएको हो ।

व्यास विस्सु, अकेशा विष्ट, शिल्पा मास्के, गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, विष्णु गौतम, लोकेन्द्र लेखक, जारेड बिलप्स, साम भुजेल, जयन्द्र चिलुवालको अभिनय हेर्न पाइनेछ । १८ वर्षदेखि अमेरिकामा बस्दै आएका व्यास विस्सुले निर्माण गरेको चलचित्रको अमेरिकाका लागि निर्माता राजेन्द्र ठकुराठी छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट