काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा जानका लागि मन्त्रालयको भागबण्डा मिलाउन बालुवाटारमा सत्तारुढ गठबन्धनका नेताहरु जम्मा भएका छन् ।
बालुवाटारमा हुँदै गरेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव सहभागी छन् ।
केही दिनमा नै मन्त्रिपरिषदलाई टुंगो लगाइने नेताहरुले बताउँदै आएका छन् । देउवाले अहिलेसम्म मन्त्रिपरिषद विस्तार गर्न नसक्दा सत्तारुढ गठबन्धनकै नेताहरुले आलोचना गर्न लागेका छन् ।
एमाले विभाजनपश्चात् नेपालले नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेका छन् । ‘माधवजीलाई अफ्ठेरो अवस्था छ । यसमा साथ सहयोगमा अरु पार्टीले लचकता देखाउनुपर्छ । माओवादी केन्द्रले लचकता देखाएर सहयोग गर्छ,’ उनले भने, ‘यो हाम्रो नैतिक जिम्मेवारी हो । सहकार्यको वातावरण बनाउँदैछौं । उहाँलाई अफ्ठेरो परेको सहयोग गर्छौं ।’
सोमबार माओवादी केन्द्रको बैठक बसेको थियो । बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तारको तयारीबारे जानकारी गराएका थिए ।