काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसको महाधिवेशनको मिति नजिक आएसँगै यतिबेला नेताहरुको दौडधुप चलिरहेको छ ।
काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो समूहबाट एकल उम्मेदवार घोषणा गर्न आज बैठक बोलाएको छ । बैठक १ बजे पौडेलनिवास बोहराटारमा बस्ने एक नेताले जानकारी दिए ।
आगामी सभापतिमा ३ जनाले उम्मेदवारी दिने भएका छन् । जसमध्ये सभापति शेरबहादुर देउवा र पार्टीका अर्का नेता विमलेन्द्र निधिले आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् भने पौडल पक्षले अझै उम्मेदवारी घोषणा गरेका छैनन् ।
क्रियाशील सदस्य विवादका कारण काँग्रेसको महाधिवेशन निर्धारित मितिमा नसक्ने भएपछि सारिएको छ ।