काठमाडौँ । नेकपा माओवादी परित्याग गरी एमाले प्रवेश गरेका रामबहादुर थापा बादलसहितका नेताहरुलाई पार्टीको जिम्मेवारीबाट हटाइएको छ । माओवादीसँग एकता हुनुपूर्व अर्थात् २०७५ जेठ २ मा फर्काउने निर्णय गरेसँगै बादलहरुलाई जिम्मेवारीबाट हटाइएको छ ।
जारी अपानिमा नेताहरुको जिम्मेवारी २०७५ जेठ २ कै पार्टी संरचनाअनुसार तोकिएको छ । त्यतिबेला प्रदेश ईञ्चार्ज रहेकाहरुलाई सोही भूमिका यथावत राखेर १० बुँदे प्रस्ताव कार्यान्वयनका लागि सहजिकरण गर्ने जिम्मेवारी दिइएको छ ।
जसअनुसार प्रदेश १ को ईञ्चार्ज भीम आचार्य,२ मा सत्यनारायण मण्डल,बाग्मतीमा अष्टलक्ष्मी शाक्य,गण्डकीमा किरण गुरुङ्ग, लुम्बिनीमा विष्णु पौडेल, कर्णालीमा युवराज ज्ञवाली र सुदूरपश्चिममा भीम रावल पूर्ववत जिम्मेवारीमा फर्किएका छन् ।
पूर्व गृहमन्त्रीसमेत रहेका थापा नेकपा फुटेसँगै एमालेको पक्षमा उभिएका थिए । माओवादीबाट आँफै बाहिरिएका उनलाई एमालेले पनि जिम्मेवारीबाट निकालेपछि उनको राजनीतिक जीवन नै संकटमा परेको नेताहरु बताउँन् ।