सिंहदरबारमा स्थापना भयो नेकपा (एस)को संसदीय दलको कार्यालय-Sutra News

सिंहदरबारमा स्थापना भयो नेकपा (एस)को संसदीय दलको कार्यालय

मंगलबार, १५ भाद्र २०७८

मंगलबार, १५ भाद्र २०७८

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)लाई संघीय संसद सचिवालयले कार्यालय उपलब्ध गराएको छ ।  नेकपा एमालेबाट विभाजित भई हालै नेपालले गठन गरेको नेकपा (एस)लाई संघीय संसद भवन सिंहदरबारमा कार्यालय उपलब्ध गराएको हो ।



नेकपा (एस)का सांसद जीवनराम श्रेष्ठकाअनुसार संघीय संसद भवन नम्बर १ को दोस्रो तल्लामा नेपालका लागि अलग्गै कार्यालयको पनि व्यवस्था गरिएको छ । 

पार्टीको चुनाव चिन्ह निक्र्यौल गर्न नसकेको नेकपा (एस)को पार्टी कार्यालय भने अझै पनि टुंगो लागिसकेको छैन । नयाँ पार्टीका लागि भवन र जग्गा खोज्दै गरेको नेकपा (एस)का अध्यक्ष नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट