काठमाडौँ । वाग्मती प्रदेशका ११ सांसदले नेकपा एमाले त्याग गरेका छन् । उनीहरुले माधवकुमार नेपाल नेतृत्वको पार्टीमा जाने निर्णय गरेसँगै एमाले छाड्ने निर्णय गरेका हुन् । उनीहरुले वाग्मती प्रदेश निर्वाचन आयोगको कार्यालय हेटौंडामा उपस्थित भएर नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोज्दै सनाखत गरिसकेका छन् ।
एमाले त्यागेर समाजवादी पार्टीमा जानेहरूमध्ये सांसदहरु राजेन्द्र पाण्डे, मुनु सिग्देल, बसुन्धरा हुमागाईं, लक्ष्मण लम्साल, राजेन्द्रमान श्रेष्ठ, पार्वती सिलवाल, इन्द्रमाया गुरुङ, माधव पौडेल, बसन्त मानन्धर, रमा आले मगर र कुसुमकुमार कार्की रहेका छन् ।
नेता नेपालले एमालेबाट छुट्टिएर नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेसँगै निर्वाचन आयोगले दल रोज्न भदौ २२ गतेसम्मको समय दिएको थियो ।