काठमाडौं । वाइसीएल नेपालको कारण नेकपा माओवादी केन्द्रमा भएको विवादबारे पार्टीका नेता अनिल शर्माले आपत्ति जनाएका छन् । उनले वाइसीएल नेपालको भेलामा माओवादी केन्द्रमा देखिएको विवाद पार्टीको मनोदशाको एउटा ज्वलन्त नमुना भएको समेत बताएका छन् ।
नेता शर्माले कि निर्णय गर्नुपर्ने होइन भने विषयलाई जटिल बनाउन नहुनेमा जोड दिएका छन् ।
उनले भनेका छन:
वाइसीएल नेपालको राष्ट्रीय भेला हाम्रो पार्टीको मनोदशाको एउटा ज्वलन्त नमुना हो । संगठनात्मक क्षेत्रमा रहेको पार्टीको यो तदर्थबादी प्रबृतिले स्वयम पार्टी लाई मात्र होइन समग्र आन्दोलन लाई क्षेति पुर्याइरहेको छ । कि निर्णय गर्न सकौं, होइन भने कार्यकर्ता प्रति भर परौ !बिषयलाई अनावश्यक जटिल नबनाउ !