वाग्मती प्रदेशका ११ सांसदले नेकपा एमाले त्याग गरेका छन् । उनीहरुले माधवकुमार नेपाल नेतृत्वको पार्टीमा जाने निर्णय गरेसँगै एमाले छाड्ने निर्णय गरेका हुन् । उनीहरुले वाग्मती प्रदेश निर्वाचन आयोगको कार्यालय हेटौंडामा उपस्थित भएर नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोज्दै सनाखत गरिसकेका छन् ।
एमाले त्यागेर समाजवादी पार्टीमा जानेहरूमध्ये सांसदहरु राजेन्द्र पाण्डे, मुनु सिग्देल, बसुन्धरा हुमागाईं, लक्ष्मण लम्साल, राजेन्द्रमान श्रेष्ठ, पार्वती सिलवाल, इन्द्रमाया गुरुङ, माधव पौडेल, बसन्त मानन्धर, रमा आले मगर र कुसुमकुमार कार्की रहेका छन् ।
नेता नेपालले एमालेबाट छुट्टिएर नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेसँगै निर्वाचन आयोगले दल रोज्न भदौ २२ गतेसम्मको समय दिएको थियो ।
नेकपा एस रोज्ने सांसदहरू यस प्रकार छन् :-
१. राजेन्द्र पाण्डे
२. मुनु सिग्देल
३. वसुन्धरा हुमागाईं
४. लक्ष्मण लम्साल
५. राजेन्द्रमान श्रेष्ठ
६. पार्वती सिलवाल
७. ईन्द्रमाया गुरुङ
८. माधव पौडेल
९. वसन्त मानन्धर
१०. रमा आले मगर
११. कुसुमकुमार कार्की
१२. कृष्ण खनाल