काठमाडौँ । नेकपा एमालेका १२ जना सांसदले नेकपा (एकीकृत समाजवादी) रोजेपछि बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन् ।
५५ जना एमालेका सांसदहरुमध्ये १२ जनाले साथ छाडेपछि एमालेसँग जम्मा ४४ सांसद रहन्छन् । ४४ मात्र सांसद भएपछि मुख्यमन्त्री शाक्य अल्पमतमा परेकी छन् ।
निर्वाचन आयोगले दल दर्ताको आधिकारिकता दिएपछि मंगलबारदेखि प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई दल रोज्न दिएको थियो।
योभन्दा अगाडी मुख्यमन्त्री डोरमणि पौडेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि शाक्य मुख्यमन्त्रीमा नियुक्त भएकी थिइन्