शक्तिशाली भूकम्प-Sutra News

शक्तिशाली भूकम्प

बुधबार, १६ भाद्र २०७८

बुधबार, १६ भाद्र २०७८

काठमाडौं- आज १ सेप्टेम्बर । आजकै मितिमा विश्वमा के-के घटना भए ? संक्षिप्तमा हेरौँ: 



१ सेप्टेम्बर १९१४ मा रसियाको दोस्रो ठूलो सहर सेन्ट पिटर्सवर्गले आफ्नो नाम परिवर्तन गरी पेट्रोग्राद राखेको थियो । १ सेप्टेम्बर १९२३ मा जापानमा गएको शक्तिशाली भूकम्प कान्टोमा परी टोकियो तथा योकोहामाका एक लाख पाँच हजार मानिसको मृत्यु भएको थियो ।

१ सेप्टेम्बर १९३९ मा दोस्रो विश्वयुद्ध सुरु भएको थियो । यही दिन जर्मनीले पोल्याण्डमा आक्रमण गरेको थियो । १ सेप्टेम्बर १९४५ मा जापानले अमेरिकासँग आत्मसमर्पण गरेको बताएपछि दोस्रो विश्वयुद्ध समाप्त भएको थियो । ९यद्यपि, समयको फरकपनाका कारण जापानमा यो २ सेप्टेम्बर हुन्थ्यो ।

१ सेप्टेम्बर १९६२ मा संयुक्त राष्ट्रसंघले पृथ्वीको जनसंख्या तीन अर्ब पुगेको घोषणा गरेको थियो । १ सेप्टेम्बर १९६९ मा लिबियामा हत्याकाण्ड भएपछि कर्णेल मुअम्मर गद्दाफी शक्तिशाली भएका थिए । १ सेप्टेम्बर १९८३ मा सोभियत जेट फाइटरले सोभियत आकाशमा प्रवेश गरेको कोरियन एयरलाइन्स बोइङ ७४७ लाई खसाल्दा २६९ जनाको मृत्यु भएको थियो ।

१ सेप्टेम्बर १९९१ मा उज्वेकिस्तानले सोभियत संघबाट स्वतन्त्रता प्राप्त गरेको थियो । १ सेप्टेम्बर २००४ ९१६ भदौ २०६१०मा इराकमा १२ जना नेपालीहरूको हत्याको विरोधमा काठमाडौंमा रहेका अधिकांश म्यानपावर कम्पनीहरूका कार्यालयमा आक्रमण र आगजनी भएको थियो । १ सेप्टेम्बर २००४ मा सशस्त्र चेचेन लडाकुद्वारा दक्षिण रसियाका एक हजार मानिसलाई बन्धक बनाएका थिए । तीमध्ये ३०० जना मारिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट