अष्टलक्ष्मी शाक्य अल्पमतमा- पदमा बस्ने नैतिकता नभएको भन्दै भटाभट राजीनामा दिँदै मन्त्री-Sutra News

अष्टलक्ष्मी शाक्य अल्पमतमा- पदमा बस्ने नैतिकता नभएको भन्दै भटाभट राजीनामा दिँदै मन्त्री

बुधबार, १६ भाद्र २०७८

बुधबार, १६ भाद्र २०७८

काठमाडौँ । बागमती प्रदेशका सामाजिक विकास मन्त्री कृष्णप्रसाद खनालले राजीनामा दिन लागेका छन् । एमालेबाट मन्त्री बनेका खनाल माधवकुमार नेपाल नेतृत्वको पार्टी ( नेकपा एकीकृत  समाजवादी )मा सनाखत गरेपछि मन्त्री पदबाट राजीनामा दिन लागेका हुन् ।



बुधबार एक अनलाइनसँग कुरा गर्दै मन्त्री खनालले आफू नयाँ पार्टीमा लागेसँगै पदमा बसिराख्न आफ्नो नैतिकताले नदिएको भन्दै राजीनामा दिन लागेका बताए । अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार गठन भएकै दिन खनाल मन्त्री बनेका थिए ।

अष्टलक्ष्मी शाक्यको सरकार बनेपछि  मन्त्री बनेकाहरु पनि राजीनामा दिने तयारीमा रहेको स्रोतको दाबी छ । 

बागमती प्रदेशका १२ सांसदहरुले एमाले रोजेपछि मुख्यमन्त्री शाक्य अल्पमतमा परेकी छन् । बागमतीमा नयाँ सरकार गठनको प्रक्रीया अगाडी बढ्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट