महन्थ ठाकुरलाई आफ्ना सांसद जोगाउन धौधौ, शीर्ष नेता जनकपुर प्रस्थान-Sutra News

महन्थ ठाकुरलाई आफ्ना सांसद जोगाउन धौधौ, शीर्ष नेता जनकपुर प्रस्थान

बुधबार, १६ भाद्र २०७८

बुधबार, १६ भाद्र २०७८

शेरबहादुर देउवा सरकारले अध्ययादेशमार्फत राजनीतिक दल तोक्ने अधिकार स्थानीय जनप्रतिनिधिलाई दिएपछि आफनो पार्टीका नेता जोगाउन लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरु काठमाडौंबाट जनकपुर प्रस्थान गरेका छन् ।



जनता समाजवादी पार्टीबाट अलग भएको महन्थ ठाकुर नेतृत्वको लोसपाले आफना प्रदेश सांसदसहितका जनप्रतिनिधिहरुलाई रोक्न भन्दै शीर्ष नेताहरु जनकपुर प्रस्थान गरेका हुन् । 

‘सरकारले अध्यादेशमार्फत दल रोज्न अधिकार दिएपछि साथीहरूसँग कुराकानी गर्न जनकपुर जान लागेका हौं’, शरदसिंह भण्डारीले न्युज कारखानालाई बताएका छन । उनकाअनुसार अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतोलगायतका नेताहरु बुधवार जनकपुर पुग्दैछन् । 

प्रदेश २ मा प्रभावशाली रहेको तराई मधेस केन्द्रीत राजनीतिक दल जसपा नेपाल र लोसपाबीच प्रदेश सांसद र स्थानीय जनप्रतिनिधि तानातान गर्ने कार्यले तीव्रता पाएको छ ।
 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट