काठमाडौँ । नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले माधवकुमार नेपाल नेतृत्वमा गठन भएको पार्टीले जनताको बहुदलीय जनवाद (जबज) नमा साथ दिन नसकेको बताएका छन् ।
त्यतिबेला वामदेव गौतमले पार्टीको सहअध्यक्ष नपाएपछि उनी माधव समूहमा नगएको भन्ने चर्चा चलेको थियो । त्यहि भ्रमलाई चिर्दै उनले आफू समाजवादीमा जान नसकेको कारण स्पष्ट पारेका हुन् ।
सहअध्यक्ष नमागेको तर जबजलाई मान्न नसकेका कारण गौतम माधव समूहमा नगएको उनको सचिवालयले जनाएको छ ।
एमाले विभाजन भएपछि माधव नेपालले नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेका थिए । एमाले विभाजन अगाडी उनलाई साथ दिएका नेताहरुले विभाजनपछि एमालेमा नै रहने घोषणा गरेका थिए ।