नगरपालिका भवन बनाउन काँग्रेस जिल्ला सभापतिले दिए ७० लाख बराबरको जग्गा-Sutra News

नगरपालिका भवन बनाउन काँग्रेस जिल्ला सभापतिले दिए ७० लाख बराबरको जग्गा

बुधबार, १६ भाद्र २०७८

बुधबार, १६ भाद्र २०७८

नेपाली कांग्रेस महोत्तरीका जिल्ला सभापति महेन्द्रकुमार रायले नगरपालिका भवन बनाउन रु ७० लाख मूल्य बराबरको जग्गा दान दिएका छन् ।



सभापति रायले जिल्लाको औरही नगरपालिकालाई भवन निर्माणको लागि रु ७० लाख मूल्य पर्ने १४ कठ्ठा जग्गा दान गर्नुभएको औरही नगरपालिकाका प्रमुख सुनिलकुमार यादवले जानकारी दिए ।

औरही नगरपालिका– ८ मा अवस्थित श्रीपुर र टिम्किया गाउँ जाने बाटो नजिकै सभापति रायको नाउँमा रहेको ७७२ नम्बर कित्ताको जग्गामध्ये १४ कठ्ठा जग्गा दान दिएका हुन् ।

नगरपालिकाको आफ्नै भवन नरहेकाले सभापति रायले जग्गा दान दिँदा नगरपालिका र नगरवासी निक्कै खुशी भएको नगरप्रमुख यादवले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट