रविन्द्र मिश्रलाई मिलन पाण्डेको पत्र- हामीमा इख होला तर पार्टी ठुलो हो, बैठक स्थगित गरौँ-Sutra News

रविन्द्र मिश्रलाई मिलन पाण्डेको पत्र- हामीमा इख होला तर पार्टी ठुलो हो, बैठक स्थगित गरौँ

बुधबार, १६ भाद्र २०७८

बुधबार, १६ भाद्र २०७८

काठमाडौँ । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले अध्यक्ष रवीन्द्र मिश्रलाई पत्र पठाएर आफूहरू केन्द्रीय समिती बैठक स्थगित गर्न प्रस्ताव गरेका छन् । 



पार्टीमा विवाद बढ्दै गएपछि दुवै पक्षले भोलि बिहीबारका लागि केन्द्रीय समितिको बैठक बोलाएका थिए ।

‘हामी दुवैमा इख होला । हामी दुवैमा इच्छाशक्ति पनि होला । हालका लागी आक्रोश पनि होला । तर, यही नेर एउटा प्रश्न आउँछ, हामी ठूलो की पार्टी ? पक्कै पनि मेरो लागी पार्टी ठूलाे हो ।’ उनले पत्रमा लेखेका छन् ।

यस्तो छ पत्र

प्रिय रवीन्द्रजी नमस्कार,

हामी दुवैमा इख होला । हामी दुवैमा इच्छाशक्ति पनि होला । हालका लागी आक्रोश पनि होला । तर, यही नेर एउटा प्रश्न आउँछ, हामी ठूलो की पार्टी ? पक्कै पनि मेरो लागी पार्टी ठूलाे हो ।

रवीन्द्रजी, हामी वैचारिक छलफलकै क्रममा रहँदा र विधान पनि तयार नहुँदै यहाँले विधान र घोषणापत्र विपरीत ‘मार्ग परिवर्तन’ गर्नु भयो । हामी एजेन्डाकै छलफलमा हुँदा यहाँले एकलौटी बैठक बोलाउनुभयो । पुनः दोहोराउँछु, मैले एजेन्डामा यी यी हुनुपर्छ भनेको थिएँ । तर, बैठक नबोलाऔँ भनेको थिइनँ । यहाँले बैठक बोलाएपछि पनि मैले पुनः दुवैले बैठक मिलेर बोलाऔँ भनेर आग्रह गरेँ । 

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट