सीमित दर्शकले दशरथ रंगशालामै नेपाल र भारतबीचको फुटबल खेल हेर्न पाउने-Sutra News

सीमित दर्शकले दशरथ रंगशालामै नेपाल र भारतबीचको फुटबल खेल हेर्न पाउने

बुधबार, १६ भाद्र २०७८

बुधबार, १६ भाद्र २०७८

नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल खेल दर्शकले रंगशाला पुगेर खेल हेर्न पाउने भएका छन् । 



नेपाल सरकारले दुई देशबीच हुने मैत्रीपूर्ण फुटबल खेल हेर्न दर्शक प्रवेशलाई स्वीकृत दिएसँगै यसको तयारी थालिएको अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष कर्मा छिरिङ शेर्पाले जानकारी दिए । 

उनकाअनुसार पाँच हजार एक सय दर्शक रंगशाला पुगेर खेल हेर्न सक्नेछन् । तर, दर्शकले कोरोनाविरुद्धको दुवै डोज खोप भने लगाएको हुनुपर्नेछ । यस्तै पीसीआर रिपोर्ट भएका दर्शकलाई पनि मैदान छिर्न दिने एन्फाले बताएको छ । 

टिकट दर भने अहिलेसम्म तय भएको छैन । बैठक बसेर टिकटको दर तोक्ने तयारी एन्फाले गरेको छ ।  खेल भोलि बिहीबार साँझ ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । 
 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट