झन्डै ५ महिनापछि काठमाडौँ उपत्यकाको निषेधाज्ञा हटाइएको छ ।
काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा हटाउने निर्णय गरेका हुन् । त्यस्तै पसल, रेष्टुरेन्ट, होटल लगायत व्यवसायहरू सञ्चालन गर्न पाइने भएको छ ।
स्थानीय ढुवानीको सामानका लागि बिहान ९ देखि ११ बजेसम्म र अपरान्ह ४ बजेदेखि साँझ ७ बजेसम्म गर्न पाइने छ । सार्वजनिक क्षेत्र निर्माणका लागि बेलुका ५ बजेदेखि बिहान ९ बजेसम्म सामग्री ढुवानी गर्न पाइने व्यवस्था गरिएको छ ।
यस्तै आदेशमा भिडभाड हुने कार्यक्रम नगर्न, चाडपर्व मनाउँदा स्वास्थ्य मापदण्डको पालना गर्न उल्लेख गरिएको छ ।