काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरूङले १४ औं महाधिवेशनमा सभापतिको रुपमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
बुधबार काठमाडौँको अनामनगरमा पत्रकार सम्मेलन गरेर गुरूङले मंसिरमा हुने कांग्रेसको महाधिवेशनमा सभापति पदमा उठ्ने जनाएका हुन् ।
काँग्रेसमा सभापतिका आकांक्षीहरु धेरै देखापरेका छन् । यसअघि नै काँग्रेस सभापति शेरबहादुर देउवा, विमलेन्द्र निधि, रामशरण महत लगायतले उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।