वर्षा शिवाकोटीले खरिद गरिन् साढे २ करोडको अपार्टमेन्ट : भनिन्- मेरो सपना पुरा भयो !-Sutra News

वर्षा शिवाकोटीले खरिद गरिन् साढे २ करोडको अपार्टमेन्ट : भनिन्- मेरो सपना पुरा भयो !

बुधबार, १६ भाद्र २०७८

बुधबार, १६ भाद्र २०७८

अभिनेत्री वर्षा शिवाकोटीले साढे २ करोड बराबरको अपार्टमेन्ट खरिद गरेकी छन् ।



उनले हात्तीवन स्थित सिटी स्केप्टमा ‘थ्रि बीएचके’ अपार्टमेन्ट खरिद गरेकी हुन् । उनले खरिद गरेको अपार्टमेन्टको मुल्य साढे २ करोड रहेको बताइएको छ । वर्षा आजै विहान पुजाआजा गरी नयाँ घर प्रवेश गरेकी छन् ।

यसअघि कौशलटारमा बस्दै आएकी वर्षाले आमाको सहयोगमा उक्त अपार्टमेन्ट खरिद गरेको बताएकी छन् । उक्त अर्पाटमेन्टमा वर्षा र वर्षाको आमा मात्रै बस्ने बताइएको छ ।

सामाजीक सञ्जालमा घर पूजा गरेको तस्बिर राख्दै आफ्नो मेहनतको कमाइले उक्त अपार्टमेन्ट खरिद गर्न पाउँदा खुसि भएको लेखेकी छिन् ।

वर्षाले केही महिनाअगाडी मात्र कार पनि किनेकी थिइन् । फिल्महल बन्द भए पनि पछिल्ला समय म्युजिक भिडियो तथा विज्ञापनबाट कलाकारहरुले मनग्य आम्दानी गरिरहेका छन् । पछिल्लो समय आम्दानी राम्रो गर्ने कलाकारमा वर्षा पनि एक हुन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट