फिल्महल खुल्यो तर फिल्मकर्मीहरु छैनन् उत्साहित-Sutra News

फिल्महल खुल्यो तर फिल्मकर्मीहरु छैनन् उत्साहित

बुधबार, १६ भाद्र २०७८

बुधबार, १६ भाद्र २०७८

काठमाडौं उपत्यकामा ५ महिनादेखि जारी निषेधाज्ञा हटेसंगै अब फिल्म हलहरु पनि खुल्ने भएका छन् ।



आज बसेको काठमाडौं, भक्तपुर र ललितपुरका सीडीओहरुको बैठकले कोभिड प्रोटोकल पालना गर्दै भोली बाटै फिल्महल खुलाउन अनुमति दिने निर्णय गरेको हो ।

स्मार्ट लकडाउनको कार्यविधिअनुसार फिल्म हल खुलाउन अनुमति दिए पनि समय समयमा हलमा प्रशासनको आदेश पालना भए नभएको अनुगमन गर्ने समेत निर्णय भएको जनाइएको छ । हल खोल्ने निर्णय भएसंगै फिल्मकर्मीहरु उत्साहित साथै चिन्तित भएका छन । निर्देशक दिपेन्द्र के खनाल लेख्छन, ‘सिनेमा घरहरू त खुल्ने भयो तर देखाउने चैं के रु सरोकारवाला सबै एक जुट भएर चलचित्र क्षेत्र चलायमान बनाउन लागिपर्ने की ?’

फिल्मकर्मीहरु हलमा दर्शक आउँछन् या आउंदैनन् भन्ने चिन्तामा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट