माधव नेपाललाई विष्णु रिजालले भने- साइनबोर्ड झुण्ड्याउँदै पार्टी बन्दैन !-Sutra News

माधव नेपाललाई विष्णु रिजालले भने- साइनबोर्ड झुण्ड्याउँदै पार्टी बन्दैन !

बुधबार, १६ भाद्र २०७८

बुधबार, १६ भाद्र २०७८

काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले एमाले फुटाउन सबै शक्तिहरु लागेको बताएका छन् ।  बुधबार नेकपा एमाले दैलेखले राखेको एक कार्यक्रममा बोल्दै नेता रिजालले यस्तो बताएका हुन् ।



त्यस्तै उनले नेकपा विचार र कार्यकर्ताको जगबिना पार्टी नचल्ने भन्दै साइनबोर्ड झुण्ड्याउँदै पार्टी नबन्ने बताए ।

नेकपा एमालेका वरिष्ठ नेता मानिने माधवकुमार नेपालले पार्टी फुटाउनु गलत भएको उनको तर्क छ । कार्यक्रमलाई सम्बोधन गर्दै नेता रिजालले भने,‘पार्टीभित्र अन्तरविरोध हुनु स्वभाविक हो, तर पार्टी फुटाउनु गलत छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट