एमालेका पूर्वनेता माधवकुमार नेपालले एमाले फुटाएर नयाँ दल दर्ता गरेसँगै यतिबेला एमाले छाड्ने नेताहरुको लर्को लागेका छन् । निर्वाचन आयोगले स्थानीय जनप्रतिनिधि र सांसदहरुलाई दल परिवर्तनका लागि भदौ २२ सम्मका लागि समय दिएको छ ।
हालसम्म केही प्रदेशका नेताहरुले आफ्नो कित्ता स्पष्ट पारिसकेका छन् भने केही प्रदेशका नेताहरु अझै पनि छलफलमै रहेका छन् ।
अहिलेसम्म प्रदेश १ बाट १० जना, बागमतीबाट १२ सुदूरपश्चिमबाट १३, प्रदेश २ बाट १३ जना सांसदहरुले नेकपा एकीकृत समाजवादी पार्टी रोजिसकेका छन् ।
त्यस्तै लुम्बिनी प्रदेशबाट १ जना, कर्णालीबाट ३ जना सांसदहरुले एकीकृत समाजवादी पार्टी रोजेका छन् । गण्डकी प्रदेशबाट भने हालसम्म कुनै पनि सांसदले पार्टी रोजेका छैनन् ।