एकताको महाधिवेशनका लागि पौडेल पक्ष एकजुट, कसले के भने ?-Sutra News

एकताको महाधिवेशनका लागि पौडेल पक्ष एकजुट, कसले के भने ?

बुधबार, १६ भाद्र २०७८

बुधबार, १६ भाद्र २०७८

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचनद्र पौडलपक्षीय नेताहरूले १४ औं महाधिवेशन एकताको महाधिवेशन हुनुपर्नेमा जोड दिएका छन् ।



बुधबार राजधानीमा भएको वरिष्ठ नेता पौडेल समूहको भेलामा १४ औं महाधिवेशन नेपाली कांग्रेसको एकताको महाधिवेशन हुनुपर्ने विषयमा छलफल भएको कांग्रेस नेतृ सुजाता कोइरालाले जानकारी दिइन् ।

उनले पार्टीभित्र देखिएका समस्या समाधान गर्दै अगाडि बढ्नु पर्ने बताउँदै पार्टी भित्रका हरेक नकारात्मक प्रवृत्तिलाई हटाउँदै संस्कारगत राजनीति गर्नुपर्नेमा जोड दिइन् । क्रियाशील सदस्यका बारेमा भइरहेका विवादलाई समाधान गर्दै अडाडि बढ्नु पर्नेमा नेपाली कांग्रेसका नेता रामशरण महतले जोड दिए ।

उनले अहिले पनि क्रियाशील सदस्यको विवाद ठाउँ-ठाउँमा देखिएको भन्दै छिटो समाधान गर्नुपर्ने र एकताको सन्देश दिनुपर्ने बताए । नेता महतले निर्वाचनमा साझा उम्मेदवार बनाएर जानुपर्ने विषयमा छलफल भएको जानकारी दिए ।

नेपाली कांग्रेसको एकताको सन्देश दिने पक्षमा रहेकाले विकृतिलाई हटाउँदै सबै एक भएर जानु पर्ने महतको भनाइ थियो । उनले पार्टीको नेतृत्व निर्विरोध हुनुपर्ने र नभए विचार मिल्नेहरु एक हुनुपर्ने आफ्नो मत रहेको जिकिर गरे ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट