काठमाडौं- कक्षा १२ को परीक्षा भदौ ३० गतेदेखि हुने भएको छ ।
यसअघि साउन ३१ गतेदेखि हुने गरी निर्धारण भएको परीक्षा कोभिड महामारीलाई देखाउँदै स्थगित भएको थियो ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्षका अध्यक्ष चन्द्रमणि पौडेलकाअनुसार भदौ ३० देखि कक्षा १२ को परीक्षा तय भएको छ ।
उनले भने, ‘रोकिएको कक्षा १२ को परीक्षा भदौ ३० देखि गर्ने निर्णय गरेका छौँ ।’