आवश्यक सामग्री
खसीको मासु: १ केजी ।
प्याज: २ वटा ।
धनियाँको धूलो: २ चम्चा ।
जिराको धूलो: २ चम्चा ।
अम्चुर:१ चम्चा ।
धूलो खुर्सानी र नून स् स्वादअनुसार ।
अदुवा र लसुनको पेस्ट: ४ चम्चा ।
विधि
खसीको मासुलाई स-साना टुक्रामा काट्ने । कराहीमा तेल तताई प्याज हाल्ने र खैरो भएपछि मासु हाल्ने । त्यसमा नुन हालेर सानो आँचमा भुट्ने । अदुवा र लसुनको पेस्ट भुटिसकेपछि धनियाँ, जिरा, खुर्सानी तथा अम्चुर हालेर राम्रोसँग भुट्ने । पाकेपछि खानुअघि यसलाई चिसो हुन दिनुपर्छ । खसीको मासुको यो अचार दर खाँदा स्न्याक्सकारूपमा खान सकिन्छ ।