काठमाडौं- नेकपा एमालेका नेता सूर्य थापाले नेकपा (एकिकृत समाजवादी) पार्टीका अध्यक्ष माधव नेपालको हरिबिजोग हेर्न बाँकी रहेको बताएका छन् । हालै नेकपा एमाले फुटाउँदै नेकपा (एस) गठन गरेका नेपालप्रति थापाले यस्तो टिप्पणी गरेका हुन् ।
पार्टी फुटाएर जानेहरु कसैले पनि प्रगति नगरेको भन्दै थापाले अब हरिबिजोग हेर्न बाँकी नेपालको रहेको र उनको पार्टी १५ महिना पछि स्यालको सिङ झैं हराउने बताएका हुन् । उनले नेपालमा चुनावको मुखमा एमाले फुटाउने, टुक्राउने काम हुँदै आएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
पार्टीमा पुगेरअंगिकृत नागरिकजस्ताे हुन पुगे।
अब देख्न बाँकी माधव कु.नेपालकाे हरिबिजाेग मात्रै रहेकाे छ।१५महिनापछि उनकाे पार्टी नेपाली राजनीतिमा स्यालकाे सिङजस्तै हराउने निश्चित छ।किनकि,जनताले एमालेलाई सत्ताबाट हटाउन गरेका अपराधहरू नजिकबाट हेरेका छन् र दण्ड दिन मात्रै पर्खिरहेछन्।— Surya Thapa (@ThapajiSurya) September 2, 2021
‘प्रायः आम निर्वाचन अघि भारत र अमेरिकाका सत्तासीनहरू युद्धको भीषण तयारी गर्छन् । अनि कहिले पाकिस्तान त कहिले कद्दाफी, सद्दाम र लादेन खोज्दै कृत्रिम योजनामा धावा बोलेर चुनाव जित्ने गर्छन्,केही दशकयता यो क्रम देखिंदै आएको छ,’ उनले भनेका छन्, ‘नेपालमा भने चुनावको मुखमा एमाले फुटाउने, टुक्र्याउने र चोइट्याउने गर्दै आएको देख्न पाइन्छ ।’
उनले २०५६ मा वामदेव गौतम र २०६९ सालमा अशोक राईले पार्टी फुटाएर अपराधपूर्ण काम गरेको र अहिले त्यो काममा माधव नेपाल थपिएको बताएका छन् । ‘२०५६ मा वामदेवले, २०६९ मा अशोक राई-राजेन्द्र श्रेष्ठले र २०७८ मा माधव कुमार नेपालले यो अपराधपूर्ण कार्य गरेका छन् । पार्टी फुटाएर हिंडेका वामदेवको प्रधानमन्त्री हुने संभावना सधैका लागि सकियो र जति छटपटिए पनि अर्थै भएन ।’
उनले अशोक राई र राजेन्द्र श्रेष्ठ अंगिकृत नागरिक झैं भएको टिप्पणी गरेका छन् । ‘अशोक र श्रेष्ठ त मधेसीपार्टीमा पुगेर अंगिकृत नागरिकजस्तो हुन पुगे । अब देख्न बाँकी माधव नेपालको हरिबिजोग मात्रै रहेको छ । १-५महिनापछि उनको पार्टी नेपाली राजनीतिमा स्यालको सिङजस्तै हराउने निश्चित छ,’ उनले भनेका छन्, ‘किनकि,जनताले एमालेलाई सत्ताबाट हटाउन गरेका अपराधहरू नजिकबाट हेरेका छन् र दण्ड दिन मात्रै पर्खिरहेछन् ।’