काठमाडौँ । पार्टीको आन्तरिक किचालाका कारण विवादमा रहेको विवेकशील साझा पार्टीको दुई वटा समूहका छुट्टाछुट्टै केन्द्रीय कार्यसमिति बैठक बस्दै छ ।
अध्यक्ष रवीन्द्र मिश्रले साढे १२ बजे बैठक बोलाएका छन् भने संयोजक मिलन पाण्डेले बोलाएको बैठक केहीबेरमा बस्दैछ । बैठक भर्चुअल माध्यमबाट हुनेछ ।
मिश्र पक्षको बैठकमा वर्तमान वैचारिक बहस, उत्पन्न गतिरोधका विषयमा छलफल हुने बताइएको छ भने यता पाण्डे पक्षको बैठकमा र्टीको विधान, पार्टीमा देखिएको वैचारिक विचलनका विषयमा छलफल हुने एक नेताले जानकारी दिए ।
आजको बैठकमा पाण्डे पक्षले मिश्र पक्षका केही नेताहरुलाई कारबाही गर्ने बताइएको छ ।