कलाकार निशा घिमिरेको आज अन्त्येष्टि हुँदै-Sutra News

कलाकार निशा घिमिरेको आज अन्त्येष्टि हुँदै

बिहिबार, १७ भाद्र २०७८

बिहिबार, १७ भाद्र २०७८

काठमाडौँ । नर्भिक अस्पतालमा उपचार हुने क्रममा निधन भएकी मोडल तथा कलाकार निशा घिमिरेको आज अन्त्येष्टि हुने भएको छ । उनको उपचारका क्रममा हिजो साँझ निधन भएको थियो । घिमिरे करिब तीन महिनादेखि नर्भिकमा उपचाररत थिइन् ।



अस्पतालकाअनुसार लगातारको उपचारपछि पनि उनको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार आउन सकेको थिएन । उनलाई लगातार अक्सिजनको सपोर्ट दिएर सीसीयूमा राखिएको थियो ।

खाना पनि पाइपबाट खुवाउने गरिएको थियो भने उनका शरीरमा रहेका घाउहरु समेत लामो समयसम्म पुरिन सकेका थिएनन् ।

गम्भीर अवस्थामै रहेकी घिमिरेको मुटु र मृगौलाले काम गर्न छाडेपछि बुधबार बिहानदेखि अवस्था गम्भीर बन्न पुगेको थियो ।

नर्भिक अस्पतालले घिमिरेलाई २०७८ जेठ २७ गते उद्धार गरेको थियो । उद्धार गरी अस्पतालले निःशुल्क उपचार थालेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट