देउवाले ओलीसँग हात मिलाउने संकेत गरेपछि प्रचण्ड पुगे बालुवाटार-Sutra News

देउवाले ओलीसँग हात मिलाउने संकेत गरेपछि प्रचण्ड पुगे बालुवाटार

बिहिबार, १७ भाद्र २०७८

बिहिबार, १७ भाद्र २०७८

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।



उनीहरुबीच प्रधानमन्त्री देउवाको सरकारी निवास बालुवाटामा भेटवार्ता भएको हो ।  

उनीहरुको भेटमा मन्त्रिपरिषद विस्तारबारे छलफल भएको बताइएको छ ।

देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न आफ्नो दूतको रूपमा कानुनमन्त्री तथा नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीलाई पठाएपछि राष्ट्रिय राजनीति तरंगित बनेको छ ।

खासगरी सत्ता गठबन्धनका दलहरूमा यो भेटले खैलाबैला नै मच्चाएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका एमालेका अध्यक्ष ओलीलाइ भेट्न कार्कीलाई दूत बनाएर पठाएका हुन् ।

देउवाले ओलीसँग सम्बन्ध बिस्तार गर्न खोजेको थाहा पाएपछि सत्ता गठबन्धनका शीर्ष नेताहरू भने सशंकित बनेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट