काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराकै नेतृत्वमा संवैधानिक इजलास बस्नुपर्ने माग गर्दै सर्वोच्च अदालतमा दर्ता भएको रिट निवेदनमाथि बिहीबार सुनुवाइ हुने भएको छ । रिट निवेदनमाथि न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासमा सुनुवाइ हुने भएको हो ।
अधिवक्ता डा.गणेश रेग्मीले प्रधानन्यायाधीश संवैधानिक इजलासमा बस्नैपर्ने दायित्व भन्दै बुधबार रिट निवेदन दर्ता गराएका थिए । संवैधानिक परिषद्को सदस्यसमेत रहेका प्रधानन्यायाधीशलाई परिषद्सँग जोडिएका मुद्दा नहेर्न कानुन व्यवसायीले माग गरेपछि बिदामा बस्ने बताएका थिए ।
तर, संविधानले प्रधानन्यायाधीशलाई संवैधानिक इजलासमा बस्नैपर्ने गरी अधिकार दिएको छ । प्रधानन्यायाधीशले नै संवैधानिक इजलास तोकी नेतृत्व गर्नुपर्ने भएकाले इजलासमा बस्नैपर्ने रिट निवेदकले माग गरेका छन् ।