काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले आगामी १४ औं महाधिवेशनका लागि आफू सभापतिमा उठ्ने बताएका छन् । नेता श्रेष्ठले गृहजिल्ला स्याङ्जामा अगुवा कार्यकर्ता भेला गरेर सभापतिमा उम्मेद्वारी दिने घोषणा गरेका हुन् ।
संगठन विभागका प्रमुखसमेत रहेका नेता श्रेष्ठले सभापतिमा आफूले जित हासिल गर्ने कुरा बताए । कार्यक्रममा बोल्दै नेता श्रेष्ठले भने, ‘सभापतिमा जित्ने गरी नै उम्मेद्वारी दिएको हुँ। विजयी हुने सुनिश्चित छ ।’
काँग्रेसको महाधिवेशन नजिकिंदै गएपछि यतिबेला नेताहरुको दौडधुप चलिरहेको छ ।
हालसम्म सभापति शेरबहादुर देउवा र उपसभापति विमलेन्द्र निधिले समेत उम्मेद्वारी घोषणा गरेका छन्।